कञ्चनपुरमा एक युवक जंगलमा मृत भेटिए

कञ्चनपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १० का ३० वर्षीय सुरेश चौधरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
चौधरीको शव सोमबार वेदकोट वडा नम्बर ५ को चुरे वन क्षेत्रमा षडेको अवस्थामा भेटिएको
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी जानकारी गराए ।
चौधरी तिहारको टीका थापेर साइकलबाट घरबाट हिडेको बुझिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। बाख्रा चराउने क्रममा स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका हुन्।
१६ मंसिर २०७७, मंगलवार १३:१७ बजे प्रकाशित