punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

Chaupati
safha napa

उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै आजदेखि छठ पर्व समापन भएको छ । आज बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् ।

माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।कोरोनाको महामारीका कारण मोहनामा यस वर्ष छठको त्यति उल्लास देखिएन ।

कोरोनाको जोखिमका कारण यसपालि सरकारले  भिडभाड नगरी पर्व मनाउन आग्रह गरेको थियो । स्वास्थ्य सावधानी अपनाएर मोहनामा छठ मनाइ रहेका थिए । कतिपयले यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् ।

कतिपय ठाउँमा भने जलाशयमा नै  पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पुर्‍याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, छालाजन्य रोग व्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ ।


६ मंसिर २०७७, शनिवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु