punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सार्वजनिक सवारीमा पुरानै भाडादर कायम

Chaupati
safha napa

सार्वजनिक सवारीमा पुरानै भाडादर कायम गर्न सरकारले निर्देशन दिएको छ ।

सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले छोटो, मध्यम ताथ लामो दूरीका सार्वजनिक सवारीसाधन तथा आन्तरिक हवाई सेवामा गत चैत ११ अघि कायम भएको नियमित भाडादर लागू हुने जानकारी दिए ।

सरकारी निर्णयअनुसार अब छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधनले यात्रुसँग पुरानै भाडा लिनुपर्नेछ । यसअघि डेढ गुणासम्म भाडा लिनसक्ने सुविधा दिइए पनि सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्था गरिएपछि भाडादर घटाइएको हो ।

यसअघि असार २३ गतेको मन्त्रिपरिषद् बैठकले असार २६ बाट छोटो दूरीमा जिल्लाभित्र मात्र सञ्चालन हुने सवारीसाधनले प्रचलित भाडादरमा थप ५० प्रतिशत थप भाडा लिएर कुल सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने निर्णय गरेको थियो ।


४ कात्तिक २०७७, मंगलवार ०७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु