punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य १८ सयले घट्यो, तोलाको बजार भाउ के छ ?

Chaupati
safha napa

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ८०० रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी महासंघका अनुसार ४५ रुपैयाँले घटेर प्रतितोला चाँदीको भाउ ४ हजार ३१५ रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदीको मूल्य ४ हजार ३६० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।


१८ साउन २०८३, सोमवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु