शपथ ग्रहणको लागि संसद् भवन पुग्दै सांसदहरु

फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरु शपथ ग्रहणको लागि सिंहदरबार आउने क्रम चलिरहेको छ। दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम रहेकाले उनीहरु सिंहदरबार पुग्न थालेका छन्।

प्रत्यक्षतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ११० जना निर्वाचित भएका हुन् । जेष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट हिजै (बुधबार) नै प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेका छन् । आज बाँकी सांसदलाई उनले शपथ गराउने छन् ।

संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नै नभएको वा दुवै पद रिक्त रहेको अवस्थामा सभाको अध्यक्षता ज्येष्ठ सांसदले गर्नुपर्नेछ भन्ने व्यवस्था छ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा साविकको संसद् भवन ९अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र० आगजनी भएपछि सिंहदरबारमा बन्दै गरेको संसद् भवनमा नयाँ सांसदको शपथको कार्यक्रम हुन लागेको हो ।

 


१२ चैत २०८२, बिहीवार १३:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु