लम्कीचुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहामा निर्माण गरिएको लम्की चुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा ल्याइने बताएका छन् ।

लम्कीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रचलित कानुन तथा ऐनको दायराभित्र रही अस्पताल सञ्चालनको प्रक्रिया चाँडै अघि बढाइने बताए । उनले प्रक्रियागत ढङ्गबाट सबै काम अगाडि बढिरहेको उल्लेख गर्दै अस्पताल सञ्चालनका विषयमा अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गरे।

स्वास्थ्य चौकीबाट स्तरोन्नति गरिएको सो अस्पताल हाल ५० शैय्याको बनाइएको छ । दीर्घकालीन रूपमा प्रभावकारी सेवा दिन कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याएर अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने मुख्यमन्त्री शाहले स्पष्ट पारे।


६ चैत २०८२, शुक्रवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु