punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा १७ महिला उम्मेदवारमा एक मात्र निर्वाचित

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशमा १७ महिला उम्मेदवारमा एक मात्र निर्वाचित भएकी छन्। प्रदेशका १६ निर्वाचन क्षेत्रमा ८ वटामा महिला उम्मेदवार चुनावी मैदानमा होमिएकामा एक मात्र विजयी भएकी हुन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली बाहेक अन्य महिला उम्मेदवार निर्वाचित भएनन्। ज्ञवाली १७ हजार आठ सय २६ मतसहित विजयी भएकी हुन्। नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार आठ सय ६७ मत पाए। ज्ञवाली चार हजार नौ सय ५९ मत अन्तरले विजयी भएकी हुन्। कैलाली क्षेत्र नम्बर १ बाटै निर्वाचन लडेकी रुपाकुमार चौधरी र सुनिता भण्डारी पराजित भएकी छन्। आम जनता पार्टीबाट चौधरी र नेपाल मजदुर किसान पार्टीबाट भण्डारी प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट चार महिला उम्मेदवार चुनावी मैदानमा थिए। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दहाल (प्रचण्डी) की बुहारीसमेत रहेकी बीना मगर, रुपादेवी विष्ट, सिता विक र मन्जुदेवी सुनार प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार थिए। मगर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार थिइन। रुवादेवी र मन्जुदेवीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। सिता विकले आम जनता पार्टीबाट उम्मेदवारी दिएकी हुन्। कञ्चनपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका जनक सिंह धामी २४ हजार तीन सय ३२ सहित निर्वाचित भएका छन्। बीना मगरले ११ हजार एक सय १० मत पाएकी छन्।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीले प्रेमवती रानालाई उम्मेदवार बनाएको थियो। उनको पाँच सय ६० मत आयो। कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपकराज बोहरा ३३ हजार नौ सय ५२ विजयी भएका छन्।

कैलालीको क्षेत्र नम्बर २ मा नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी पुनमगर र मितेरी पार्टी नेपालबाट सम्झना विष्ट थापा उम्मेदवार थिए। कैलाली क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल निर्वाचित भएका छन्। उनले १९ हजार ५७ मत पाएका हुन्। कैलाली क्षेत्र नम्बर ३ बाट नेपाल मजदुर किसान पार्टबाट जुनु महतरा शाही र मितेरी पार्टी नेपालबाट शुसीला थापा मगर चुनावी मैदानमा थिए। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट पनि रास्वपाका जगतप्रसाद जोशी २० हजार तीन सय ५९ मतसहित निर्वाचित भएका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय जनमोर्चाबाट शोभामणी जोशी, नेपाल मजदुर किसान पार्टीबाट तृष्ण पुनमगर र मितेरी पार्टी नेपालबाट राधिका कुमारी कामी चुनावी मैदानमा थिए। तर, कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा समेत रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार नौ ५३ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाल मजदुर किसान पार्टीबाट अमृता भुल र डोटीबाट मितेरी पार्टी नेपालबाट सरस्वतीकुमारी पाल मल्ल चुनावी मैदानमा थिए। तर, उनीहरु पनि पराजित भएका छन्। डोटीमा नेपाली काँग्रेस उम्मेदवार भरतबहादुर खड्का १४ हजार आठ सय ९७ मतसहित निर्वाचित भएका छन्। कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाका खेमराज कोइराला २८ हजार पाँच सय ५६ मतसहित निर्वाचित भएका छन्।


२५ फागुन २०८२, सोमवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु