सुदूरपश्चिममा १ बजेसम्म करिब ३० प्रतिशत मत खस्यो

काठमाडौं ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन देशभरी जारीरहेको छ। बिहान ७ बजेदेखि भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा करिब ३० प्रतिशत मत खसेको छ ।

दिउँसो १ बजेसम्म ५ लाख ९ हजार २०० मत खसेको छ । जसमध्ये महिला मतदाता २ लाख ६० हजार ४७८ र पुरूष २ लाख ४८ हजार ७२१ जना रहेका छन् । एक जना अन्य मतदाता रहेका छन् । हालसम्म खसेको मत २९.६ प्रतिशत हो ।


२१ फागुन २०८२, बिहीवार १४:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु