राजेश हमालले भने-राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्
काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज र सचेत भएर मतदान गर्न आग्रह गरेका छन् । बुधबार राति सामाजिक सञ्जाल मार्फत हमालले नेपालको भविष्य र राजनीतिक स्थिरताको महत्त्वपूर्ण पक्षलाई ध्यान दिएर मतदान गर्न आग्रह गरेका हुन् ।
उनले भने। ‘केही दिन यता विश्व नै राजनीतिक अस्थिरताले भरिएको छ। इरानमाथि गरिएको आक्रमणले मध्म पूर्वमा मात्र नभई सम्पूर्ण विश्वमा हलचल मच्चाएको छ। यसले नेपाललाई संवेदनशील र कमजोर अवस्थामा पुगेको छ। यो पृष्ठभूमिमा नेपाल चुनावतर्फ अघि बढ्दैछ।’
उनले भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको यो चुनाव संवेदनशील र चुनौतीपूर्ण रहेको बताएका छन् । हमालले भने, “भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको यो चुनाव मेरो लागि संवेदनशील र चुनौतीपूर्ण छ। हामी माझ हाम्रो छनोट पुराना र राजनीतिक हिसाबले परिपक्व दलहरूको छवि र नयाँ शक्ति भनिनेहरूको राजनीतिक अपरिपक्वता तथा दुरदर्शिता अझै स्पष्ट रूपमा नेपाली समुदायमा देखिएको छैन।”
२० फागुन २०८२, बुधवार २२:४५ बजे प्रकाशित













