punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि धनगढीमा सुरु हुने

Chaupati
safha napa

धनगढी। आगामी मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव २०८२ सञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी महोत्सवको १९औं संस्करणबारे जानकारी दिएको हो।

संघका अध्यक्ष पुष्कर राज ओझाका अनुसार सुदूरपश्चिमको कला, संस्कृति, परम्परा, खानपान र कृषिको प्रवर्द्धन गर्नुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने महोत्सवको उद्देश्य रहेको छ। उनले महोत्सवले स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।

उनका अनुसार यस वर्षको महोत्सवमा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, कृषि तथा उद्योग प्रदर्शनी, महिला तथा युवाका उद्यम स्टल, विविध प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्। साथै बालबालिकाका लागि खेलकुद क्षेत्र, कृषि प्रविधि प्रदर्शन र घरेलु उत्पादनहरूको बिक्री समेत हुने जनाइएको छ।

संघले महोत्सवलाई “समृद्ध सुदुरपस्चिमका लागी आर्थिक समृद्धि ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको हो। महोत्सव धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा सञ्चालन हुनेछ । महोत्सवमा सुदूरपश्चिमका सातवटै जिल्लाका व्यापारी, उद्योगी, कृषक तथा सांस्कृतिक समूहहरूको सहभागिता रहने उनले बताए। उनले महोत्सवले प्रदेशकै आर्थिक, सामाजिक र सांस्कृतिक एकता सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

गत वर्ष झैँ यो पटक पनि लाखौँ दर्शक तथा उपभोक्ताको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ।


१६ कात्तिक २०८२, आइतवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु