punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली कारागारका २५९ कैदी अझै फरार, सुरक्षा जोखिम कायमै 

Chaupati
safha napa

धनगढी। जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते कैलाली कारागारबाट भागेका २५९ जना कैदी अझै फरार छन्।  कैलाली कारागारबाट ६६५ कैदीबन्दी भागेका थिए, जसमध्ये ४०६ जना भने विभिन्न मितिमा कारागार फर्किएका छन्। केही आफैं फर्किएको केहीलाई भने पक्राउ गरिएको कारागार कार्यालय कैलाली जनाएको छ।

कैलाली कारागार प्रशासनले दिएको जानकारीअनुसार सबैभन्दा बढी लागुऔषध मुद्दा लागेका कैदी फरार छन्। लागुऔषध मुद्दाका ९३ जना कैदी फरार छन्। यस्तै, जवरजस्ती करणी र हाडनाता करणी मुद्दाका ७७ जना, कर्तव्य ज्यान र आत्महत्या दुरुत्साहनका ४७ जना कैदी फरार छन्। यसैगरी, चोरी मुद्दाका आठ, तस्करी मुद्दाका पाँच, मानव बेचविखन तथा ओसारपसार मुद्दाका पाँच जना बन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ।

कारागारबाट भागेका ज्यान मार्ने उद्योग, डाँका चोरी, हातहतियार तथा खरखजाना, ठगी तथा किर्ते, वन तथा वन्यजन्तु सम्बन्धी कसुर, सवारी ज्यान, अपहरण तथा शरीर बन्धक, बैंङ्किङ कसुर र सार्वजनिक अपराध मुद्दाका केही कैदीबन्दी पनि अझै पक्राउ परेका छैनन्।

जघन्य अपराधमा सजाय भुक्तान गरिरहेका कैदीबन्दी फरार हुँदा सुरक्षा खतरा बढेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले भने फरार कैदीबन्दी पक्राउ गर्न विशेष प्रहरी टोली परिचालन भएको जनाएको छ।

कारागारबाट भागेका कैदीबन्दी अझै पक्राउ नपर्दा कैलालीमा सुरक्षा जोखिम बढेको छ। प्रशासनले कैदीबन्दी देखिए तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।


१३ कात्तिक २०८२, बिहीवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु