punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीले बुझाए एक लाख धरौटी

Chaupati
safha napa

धनगढी। गैरकानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग एक लाख रुपैयाँ धरौटी माग गरिएको छ। विशेष अदालतले एक लाख धरौटी माग गरेको हो। सोडारी सोमवार अदालतमा उपस्थित भएपछि उनको थुनछेक भएको थियो। सोडारीले एक लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्।

पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १९ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ। सोही बराबरको रकम अख्तियारले बिगो कायम गर्दै मुद्धा दायर गरेको थियो। सोडारी ६ वैशाख ०८१ देखि २० साउन सम्म करिब तीन महिना प्रदेशको मुख्यमन्त्री थिए। भ्रष्टाचार मुद्दापछि उनको प्रदेशसभा सदस्य पद निलम्बनमा छ।

 


४ भदौ २०८२, बुधवार १३:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु