punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनभोजमा ३ करोडको लागतमा पक्की सडक निमार्ण हुने, स्थानियबासीमा खुशीयाली

Chaupati
safha napa

कंचनपुर। दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोजमा ३ करोडको लागतमा पक्की सडक निमार्ण हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा शहरी बिकास मन्त्रालय अन्तर्गत रु. ३ करोड लागतमा पक्की सडक निमार्ण हुने भएपछि स्थानियबासीहरुमा खुशीयाली छाएको छ् ।

कञ्चनभोजको राष्ट्रिय आधारभुत बिद्यालय देखि भारतको मेलाघाट जाने सडक झण्डै ३ किलोमिटर सडक निमार्ण कार्यको सर्वे सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

कञ्चनभोज जगबुडा नदीको पारि नेपाल–भारत संग जोडिएको सिमा बस्ती हो । स्थानिय सरकारको पहलमा कच्ची बाटो पक्की हुन थालेपछि स्थानियहरु खुशी भएको स्थानियबासी हिरा थापाले बताउनुभयो । सडक निमार्ण भए संगै कृषी उपज तथा निर्यातमा ठुलो सहयोग पुग्ने स्थानियहरुले अपेक्षा राखेका छन् ।

वर्षायाममा कच्ची सडकमा पानी जमेर हिडडुल गर्न सास्ती व्यहोर्दे आएको कञ्चनभोजबासीहरुका लागी निमर्ण हुने भनिएको पक्की सडक बरदान सावित हुने आशा गरिएको छ् ।


४ भदौ २०८२, बुधवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु