punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्री हेरफेरबारे छलफल गर्न २ दलका शीर्ष नेता बालुवाटारमा

Chaupati
safha napa

काठमाडौं। मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे छलफल गर्न सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटारमा भेला भएका छन्।

बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन्।

छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा रहेका मन्त्री हेरफेर, बागमती प्रदेश सरकारमा देखिएको किचलोलगायतका विषयमा छलफल हुने जनाइएको छ।

एमाले स्रोतका अनुसार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेबाहेकका मन्त्री परिवर्तन हुनसक्ने छन्।

 


१५ साउन २०८२, बिहीवार १३:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु