punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नाउपा विवाद : रञ्जिता श्रेष्ठद्वारा संसदीय दलका नेता गंगारामसँग २४ घण्टे स्पष्टीकरण माग

Chaupati
safha napa

धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपा की निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधान विपरीत काम गरेको आरोप लगाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न माग गरेकी छन् ।

पार्टीको केन्द्रीय कार्यालयको लेटरहेड प्रयोग गरी जारी तीन पृष्ठ लामो पत्रमार्फत श्रेष्ठले आफू अस्वस्थ्य भएका कारण पार्टी गतिविधिमा सक्रिय नपाएका बेला संसदीय दलका नेता चौधरीले विधानविपरीत गतिविधि गरेको आरोप लगाएकी छन् ।

आफूलाई जानकारी नगराई विधान विपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवको रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको श्रेष्ठको आरोप छ ।

पार्टीको आन्तरिक विधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोगसमक्ष पेश गरिएका दस्तावेजअनुसार चौधरीले एकल निर्णयबाट गर्न नपाउने भन्दै श्रेष्ठले चौधरीसँग लिखित जवाफ माग गरेकी छन् ।

२४ घण्टाभित्र लिखित स्पष्टीकरण नआएमा पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अघि बढाइने श्रेष्ठले चेतावनी दिएकी छन् । संसदीय दलका नेता चौधरी स्पष्टीकरण मागिएको पत्र श्रेष्ठले पार्टीको निर्वाचन तथा अनुशासन विभाग र निर्वाचन आयोग समेत पठाएको उल्लेख छ । उनले अहिले पनि आफू पार्टीको वैधानिक अध्यक्ष र प्रतिनिधि भएको भन्दै बर्खास्त गरिएको भनेर भ्रम फैलाएको दाबी गरेकी छन् ।


१५ साउन २०८२, बिहीवार १७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु