punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोदावरी नदीमा फसेका ६ जनाको सकुशल उद्धार

Chaupati
safha napa

कैलाली। गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीका कारण टापुमा फसेका कञ्चनपुरको झलारीका ६ जनाको सकुशल उद्धार गरिएको छ।

बुधवार श्राद्ध गर्न गएका ती नागरिकहरू काठेपुल नजिक नदीको बिच भागमा फसेका थिए। जिल्ला विपत् व्यवस्थापन को टीम, प्रमुख जिल्ला अधिकारी, गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा गएको उद्धार टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा उनीहरूलाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले जानकारी दिए।

नगर प्रमुख भट्टले घटनास्थल पुगेर उद्धार कार्यमा समन्वय गरेकामा सबै सुरक्षाकर्मी र स्थानीयलाई धन्यवाद व्यक्त गरेका छन्।

 


२५ असार २०८२, बुधवार १४:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु