कैलालीको गोदावरी नदीको बीचमा ६ जना फसे, उद्धार प्रयास जारी

कैलाली। कैलालीको गोदावरी नदीमा एक्कासी बाढी आउँदा श्रद्धा गर्न गएका कञ्चनपुर झलारीका ६ जना बीच भागको टापुमा फसेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दका अनुसार गोदावरीको काठेपुल नजिक टापुमा फसेकाहरूको उद्धार प्रयास जारी छ।

टापुको दुवैतर्फ समान पानीको बहाव रहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन्।


२५ असार २०८२, बुधवार १४:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु