punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ।

प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रममाथि हुने वा नहुने मत व्यक्त गर्न भन्ने निर्णयप्रति प्रस्तुत गर्दा प्रतिपक्षी सांसद मिन बस्तोलाले आपत्ति जनाए। नीति तथा कार्यक्रम पारित हुनु अघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

उक्त छलफलका क्रममा सरकारले सार्वजनिक गरेको चार बुँदेको प्रतिबद्धताका आधारमा बजेट बनाउने बताइएको छ। मुख्यमन्त्री शाहले सांसदका योजना पनि बजेटमा व्यवस्था गरिने बताए। त्यस्तै अघिल्लो वर्ष प्रदेश राजधानीको विषयमा सरकारले जग्गाको खोजी थालेको जानकारी दिए।


२६ जेठ २०८२, सोमवार २०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु