संविधान सभा सदस्य प्यारेलाल रानाले किन गरे नेपाली काँग्रेस परित्याग ?

धनगढी । नेपाली काँग्रेसका नेता एवं संविधान सभा सदस्य प्यारेलाल राना नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् । बैशाख २८ गते नेपाली काँग्रेस कैलालीलाई राजीनामा बुझाएका रानाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बताए ।

नेपाली काँग्रेस पार्टी कुलीन वर्गहरुको पार्टी रहेको आरोप लगाउँँदै तल्लो स्तरको आदिवासी, थारु, रानाथारुलाई शोषण गरेर राखेको दाबी गरे । निर्वाचनमा आफू पार्टीका उम्मेदवारलाई जिटाउन हरसम्भव प्रयास गरेपनि हारेको अवस्थामा अपजस आफूलाई आउने गरेको रानाको भनाइ छ । आफूलाई पार्टी सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवासम्मले आफूलाई वेवास्ता गर्नुका साथै नभएको आक्षेप मात्रै लगाएको आरोप रानाको छ ।

काँग्रेस पार्टी परित्याग गरेपनि आफू गणतन्त्रवादी र धर्मनिरपेक्षताको पक्षपाती रहेकोले सबैभन्दा पहिले आफू जनतामाझ जाने र त्यसपछि कुनै पार्टीसँग सहकार्य गर्ने उनको भनाइ छ । तर तत्काल कुनै दलमा प्रवेश गर्ने सोच नभएको उनको भनाइ छ ।


२६ जेठ २०८२, सोमवार १२:०० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु