धनगढीमा विकास पत्रकारिता तालिम सुरु, विकास क्षेत्रमा कलम चलाउने पत्रकार सहभागी

धनगढी । धनगढीमा विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सोमबारदेखि विकास पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन भइरहेको विकास पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्नेछ । तालिमको आन्तरिक मामिला तथा कानुुन मन्त्री हिरा बहादुर सार्कीले विधिवत रुपमा उद्घाटन गरेका छन् ।

धनगढीको आस्था होटलमा चलिरहेको तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको छ । वरिष्ठ पत्रकार धर्मेन्द्र झा लगायतका विषय विज्ञले सहभागीहरुलाई प्रशिक्षण दिने पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।


१२ जेठ २०८२, सोमवार १०:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु