punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

होटल पौवा धनगढीमा निःशुल्क स्वाद उत्सव हुने

Chaupati
safha napa

धनगढी। होटल पौवा धनगढीमा निःशुल्क स्वाद उत्सव २०८१ आयोजना हुने भएको छ।

नवौँ स्थापना दिवसको अवसरमा चैत २५ देखि २९ गतेसम्म निःशुल्क स्वाद उत्सव आयोजना हुने भएको हो। आज (शुक्रबार) होटल पौवा धनगढी शाखामा आयोजित पत्रकार सम्मेलनमा स्वाद उत्सवबारे जानकारी दिएको छ।

पौवाका देशभर रहेका १७ शाखामा निःशुल्क स्वाद उत्सव आयोजना हुँदैछ। उक्त स्वाद उत्सव बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म हुने जनाइएको छ।

उत्सवमा नेपाली स्वाद र संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति पनि हुने होटल पौवा धनगढी शाखाका महाप्रबन्धक महेश सिंहले जानकारी दिए। यो उत्सवमार्फत् पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म चिनाउने लक्ष्य लिएको उनले बताए।

त्यस्तै पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको उनको भनाइ छ। नेपालीहरूका विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले यसै वर्षबाट नेपालीहरुको नयाँ वर्षलाइ स्वागत गर्ने विशेष कार्यक्रम हुन गइरहेको जनाएको छ।

चैत्र ३१ गते साँझ आयोजना हुने कार्यक्रममा थारु संस्कृतिमा आधारित सांगितिक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने र सोही दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने महाप्रबन्धक सिंहले जानकारी दिए। उत्सवमा सबैलाई सहभागिता जनाउन होटल पौवा धनगढीले अनुरोधसमेत गरेको छ।


२२ चैत २०८१, शुक्रवार १८:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु