punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वप्रकाशले भने- तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ

Chaupati
safha napa

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबारको घटनामा पूर्णरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी रहेको भन्दै सम्पूर्ण जिम्मेवारी उनैले लिनुपर्ने बताएका हुन् ।

पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकार भन्दाबढी दिएर राखेको भन्दै उनले यसलाई सम्मान गर्न नसकेको तर्क गरे । शर्माले जसको उक्साहटमा घटना भएको छ, त्यही अनुसार छानविन हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताएका छन् ।

उनले मुलुकमा भएका घटनाका बिषयमा सदनमा कुरा राख्न नपाउने अवस्था सिर्जना भएको र यसमा सिंगो संसद् नै दोषी भएको धारणा राखे ।

प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा सदन अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ ।


१७ चैत २०८१, आइतवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु