तीनकुनेमा कर्फ्यु लगाउन खटियो सेना

काठमाडौं। काठमाडौंको तीनकुनेमा नेपाली सेना परिचालन भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि नेपाली सेनाको टोली खटिएको हो।

सेनाको बख्तरबन्दसहितको टोली खटिएको हो।

प्रशासनले शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।


१५ चैत २०८१, शुक्रवार १७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु