तीनकुनेमा चल्यो गोली

काठमाडौँ । राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको सुरक्षा स्रोतले जनाएको छ ।

अहिले राजावादीको प्रदर्शनका क्रममा तीनकुने  तनावग्रस्त रहेको छ ।   राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन गरेको हो ।


१५ चैत २०८१, शुक्रवार १५:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु