कोटेश्वरको भाटभटेनीमा तोडफोड र लुटपाट
काठमाडौँ।कठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादी समूहको आन्दोलनमा सहभागी भएका आन्दोलनकारीहरूले तोडफोड गरेसँगै लुटपाट गरेका छन्।
तीनकुनेमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि तितरवितर भएका प्रदर्शनकारीहरूले भाटभटेनीमा पुगेर तोडफोड गर्दै सामान लुटपाट गरेका हुन्।
१५ चैत २०८१, शुक्रवार १७:४७ बजे प्रकाशित













