तीनकुनेमा राजावादी र प्रहरीबिच झडप, स्थानीयको घर तोडफोड र आगजनी
काठमाडौँ । तीनकुने क्षेत्रमा राजावादी र प्रहरीबिच झडप भएको छ। व्यवस्था उल्टाउन आन्दोलनमा उत्रिएका राजावादीहरूको शुक्रबारको प्रदर्शन अराजक बनेको छ ।
तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले उनीहरूलाई रोक्न खोज्दा दुई पक्षबिच झडप भएको थियो ।
प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीयको घरमा समेत तोडफोड गर्नुका साथै एक घरमा आगजनी समेत गरेपछि यति बेला तीनकुने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
१५ चैत २०८१, शुक्रवार १५:१४ बजे प्रकाशित













