सुनको मूल्यले बनायो नयाँ रेकर्ड, भाउ कति पुग्यो ?

काठमाडौं।एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

बिहीबारकोे तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।


१५ चैत २०८१, शुक्रवार १२:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु