माटो ल्याउन गएका देउरानी जेठानीको माटोको ढिस्कोले पुरिएर मृत्यु
अछाम । अछाममा माटो ल्याउन गएका एकै घरका देउरानी जेठानीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका–९ पान्लिभिडमा चैते दसैंकालागि घर लिपपोत गर्न माटो ल्याउन गएका मंगलसेन नगरपालिका–८ सुतुडाका एकै परिवारका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी विनीता बोहराको मृत्यु भएको हो।
सोमवार दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
२७ फागुन २०८१, मंगलवार ०७:५० बजे प्रकाशित













