punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भोलिदेखि सिप तथा रोजगार मेला सुरु हुँदै

Chaupati
safha napa

धनगढी। धनगढीमा भोलि (बिहीबार) देखि सीप तथा रोजगार मेला सुरु हुन लागेको छ । धनगढी उप–महानगरपालिकाको आयोजनामा हुन लागेको मेलाको तयारी करिब सकिएको उप–प्रमुख कन्दकला रानाले जानकारी दिइन् ।

धनगढी उपमहानगरपालिकाले १८ देखि ४० वर्षका युवाहरूलाई स्वरोजगार हुन सहयोग पुगाउन विभिन्न ८ विधामा २९ किसिमका तालिम दिन लागेको उनले बताइन् । यो पटक एक हजार ४० जनालाई विभिन्न २९ किसिमको तालिम दिन लागिएको उनले जानकारी दिइन् ।

तालिम तथा रोजगार ब्यवसायी महासघं लगायत बिभिन्न सघं संस्थाहरुसगंको सहकार्यमा मेला आयोजना गरिन लागेको हो । मेलामा सहभागी हुनका लागी ४ हजार ८ सय ३० जनाको आवेदन परेको तालिम तथा रोजगार ब्यवसायी महासघं सुदुरपश्चिमका अध्यक्ष प्रमोद पाठकले जानकारी दिए । मेलाका लागि सुदूरपश्चिमका सबै स्थानीय तहबाट युवाहरूले आवेदन दिएका थिए । सो मध्ये फोनबाट र प्रत्यक्ष बोलाएर अन्तरवार्ता गरी तालिमका लागी छनौट गरिएको पाठकले बताए । सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका ४७ पालिकाबाट आवेदन आएपनि अब ३९ पालिकाका १ हजार ४० जनालाई तालिम दिइने उनले जानकारी दिए ।

विल्डिङ पेन्टरको तालिमका लागि २५ सिट, पुरोहितका लागि २५, वेटरमा ५०, टायल मार्बल फिक्स्चर तालिमका लागि ५०, फेसन डिजाइन, एडभान्स व्युटिसियन, लेखा व्यवस्थापन तालिम, एडभन्स टेलरिङ, कफी वारिस्ता लगायत बिभिन्न तालिमका लागी कोटा निर्धारण गरिएको थियो । सोही छनौट भएका युवा युवतीहरु तालिममा सहभागी हुने धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालले बताए । तालिमका लागि छनोट भएका युवाहरूलाई एक महिनासम्म निःशुल्क तालिम दिइने छ । तालिम सकिएपछि स्वरोजगार बन्न अभिमुखीकरण तालिमसमेत दिइने छ ।

४० दिनसम्म चल्ने तालिममा युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने, स्वदेशमै रोजगारका अवशर पाउने गरी दक्ष बनाउने, सगै बाहिर जाने युवाहरुलाई समेत दक्ष बनाएर दक्षताको अभावमा बिदेशमा अशुरक्षित र न्युन ज्यालामा रोजगारी गर्नुपर्ने बाध्यता समेत हट्ने उपमहानगरपालिकाको अपेक्षा छ । यस्तै मेलामा युवाहरुलाई दक्ष बनाई स्व उद्यमी बन्न र स्र्टाटअप ब्यवसायका लागी उत्प्रेरित गर्ने लगायतका लक्ष रहेको मेयर हमालले बताए । यस्ता कार्यक्रम सघिंय सरकारले गर्नुपर्ने उनको भनाई छ । हरेक जिल्लामा हरेक बर्ष यस्ता मेला लाग्न जरुरी रहेको उनले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुला मंचमा आयोजना हुने मेलाको उद्घाटन नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । दिउँसो ठिक १ बजे उद्घाटन हुने मेलामा सबैलाई सहभागिताका लागी उपमहानगरले अपिल गरेको छ ।


७ फागुन २०८१, बुधवार १९:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु