punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हमासले आज थप ३ बन्धक छाड्दै, विपिन जोशीकाे अवस्था के छ ?

Chaupati
safha napa

काठमाडौँ। इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत हमासले आज (शनिबार) थप तीन बन्धकलाई मुक्त गर्दै छ।

सट्टामा इजरायलले पनि आज १८३ कैदी प्यालेस्टिनी कैदी रिहा गर्ने हमासले बताएको छ।

हमासले आज छाड्ने ३ बन्धकको नाम सार्वजनिक गरेको छ। जसमा तीनै जना पुरुष हुन्। उनीहरू ओहद बेन अमी, एली शाराबी र ओर लेवी हुन्।

योसँगै नेपाली विद्यार्थी विपिन जोशी यसपटक पनि छाडिनेको सूचीमा पर्न सकेनन्।

जनवरी १९ मा युद्धविराम भएयता हमासले यसअघि १८ जना बन्धक छाडेको छ भने बदलामा इजरायलले ३८३ कैदीलाई रिहा गरिसकेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ३३ बन्धक र १९०० कैदीलाई रिहा गरिने छ।इजरायलले ३३ बन्धकमध्ये ८ जनाको भने मृत्यु भइसकेको बताएको छ।


२६ माघ २०८१, शनिवार ०८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु