संसद्को दुवै सदनबाट अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइयो

काठमाडौँ । संसदको दुवै सदनबाट अध्यादेश प्रस्तुत गर्ने कार्यसुची हटाइएको छ । आज (बिहीबार) को प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत हुने कार्यसुची थियो।
राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएको हो ।
आज दुवै सदनको बैठकमा ६ वटा अध्यादेशहरू निर्माणार्थ पेस हुँदै थिए। तर, सरकारले अध्यादेशहरू अस्वीकृत हुने देखेपछि निर्माणार्थ पेस गर्ने निर्णयबाट पछि हटेको हो ।
२४ माघ २०८१, बिहीवार १४:२१ बजे प्रकाशित