निरन्तर बढ्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा हाल सुनचाँदीको मूल्य निरन्तर बढ्दै छ ।  बिहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।

बुधबार सुन प्रतितोला २ हजार २ सय तथा चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  


२४ माघ २०८१, बिहीवार ११:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु