बाजुराको एक घरमा आगलागी 

बाजुरा। बाजुराको एक घरमा आगलागी भएको छ।

बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई बडिमालिका नगरपालिका–८ मार्तडी बजार बस्ने पशुपती थापाको घरमा सोमवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

 


२२ माघ २०८१, मंगलवार १३:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु