काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना

धनगढी । काठमाडौँबाट कैलाली आउँदै गरेको बस दुर्घटना भएको छ । मङ्गलबार सुपप्र ०४००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा–३ गोराङ्गेमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार दुर्घटनामा चार जना यात्रु घाइते भएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था सामान्य छ । दार्चुलाकी २२ वर्षीया सपना बोहोराको अवस्था मध्यम छ भने लालरत्न अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।


२२ माघ २०८१, मंगलवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु