बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बैतडी । बैतडीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–१ माडौमा शनिबार बिहान जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। साेही दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
सु.प.प्र. ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन्। गम्भीर घाइते उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
१२ माघ २०८१, शनिवार १३:३६ बजे प्रकाशित













