अमेरिका विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट बाहिरिने
अमेरिका विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट बाहिरिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्दै उक्त निर्णयहरुमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी गर्दै भने, ‘यो ठूलो निर्णय हो।’ अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि ठूलो अनुचित मूल्य चुकाएको उनको भनाइ छ ।
यो आदेशपछि अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यताबाट बाहिरिने भएको छ ।
ट्रम्पले पेरिस जलवायु सम्झौताबाट पनि फिर्ता हुने घोषणा गरेका छन् । उनले पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
८ माघ २०८१, मंगलवार १०:०० बजे प्रकाशित













