जनसम्पर्क समितिका नेता चन्द्रकान्त धितालले दिए पत्रकार मरासिनीलाई ज्यान लिने धम्की
क्यालिफोर्निया । नेपाली जनसम्पर्क समिति अमेरिकाका सदस्य चन्द्रकान्त धितालले अमेरिकास्थित सक्रिय पत्रकार माधव मरासिनीलाई ज्यान लिने धम्की दिएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलका सम्बन्धमा समाचार संकलन गर्ने क्रममा धिताललाई सम्पर्क गर्न खोज्दा उनले मरासिनीको ज्यान लिने धम्की दिएका हुन् ।
धितालले पौडेललाई आफ्नै घरमा गरेको अपमानजनक व्यवहारको खुलासा हुने थाहा पाए पछि उनले आफुलाई धम्काएको मरासिनीले बताएका छन् ।
चितवन घर भएका धिताल यसअघि नेपाली जनसम्पर्क समिति अमेरिकाको लेटरप्याड दुरुपयोग गरेर अमेरिकामा मानव तस्करीमा विवादमा आएका व्यक्ति हुन् ।
धितालले आफ्नो घरको फोटो खिच्न बोलाएर आफु भन्दा जुनियर नेता भएको भन्दै पौडेललाई होच्याएर बोले पछि पौडेल बीचैमा हिडेका थिए ।
६ माघ २०८१, आइतवार ०७:४२ बजे प्रकाशित













