परराष्ट्र सचिवमा अमृत बहादुर राई नियुक्त
काठमाडौं । परराष्ट्र सचिवमा अमृत बहादुर राई नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राईलाई परराष्ट्र सचिवमा नियुक्त गरेको हो । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत नियुक्त भए पछि उनको ठाउँमा राईलाई नियुक्त गरिएको हो ।
उनले बुधबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । राई यसअघि ओली नै प्रधानमन्त्री हुँदा २०७५ सालमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका थिए । उनी न्युयोर्कमै काउन्सिलरको रुपमा पनि कार्यरत थिए । उनी दक्षिण अफ्रिकाको राजदूत भइसकेका व्यक्ति हुन् ।
२४ पुस २०८१, बुधवार २१:४८ बजे प्रकाशित













