बाजुराकाे पाण्डुसेन सडक क्षेत्रमा रहेका घरहरू भत्काइदै

बाजुरा। बाजुराकाे मार्तडी-काेल्टी सडक खण्डमा रहेका घरहरू हटाउने काम सुरू गरिएको छ । मार्तडी काेल्टी सडक खण्ड अन्तरगत बुढीनन्दा नगरपालिका वडा नम्वर -१० काे पाण्डुसेन बजारमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालिएकाे हाे ।

आईतबार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराकाे नेतृत्वमा सडक निर्माण कम्पनि, प्रमुख प्रशासकीय अधिकृत सन्ताेष शाह, वडा नम्बर ८ र १० का वडाअध्यक्ष र घरधनीहरूकाे उपस्थितिमा सडक क्षेत्रमा पर्ने घरहरू भत्काउने काम सुरू गरिएकाे नगरप्रमुखका स्वकीय सचिव केशर बाेहराले जानकारी दिएका छन् ।

मार्तडी-काेल्टी सडकलाई फराकिलाे र दिगाे बनाउने गरि वडा नम्बर १० काे पाण्डुसेन बजारकाे सडक एरियाका घरधनीहरूले स्वस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका आफ्ना घर भत्काएर सडक निर्माणमा सहयाेग गरेका छन् ।

मार्तडी- काेल्टी सडक खण्ड अन्तरगत अहिले पाण्डुसैन क्षेत्रकाे सडकमा डवल कटिङ गर्ने काम भईरहेकाे छ । मार्तडी देखि काेल्टीसम्मकाे ४२ किलोमिटर सडक मध्ये मार्तडी देखि चुथिसम्म करिव ९ किलोमिटर सडक कालाेपत्रे भएकाे छ । मार्तडी -काेल्टी सडक खण्डकाे सिलान्यास गरिएको २५ वर्ष पूरा भएपनि अझैसम्म सम्म पुरै पक्की सडक बन्न सकेकाे छैन् ।

बुढिनन्दा नगर प्रमुख जनक कुमार बोहराको विशेष सक्रियता एवम् उपस्थितिमा कोल्टी  मार्तडी सडक अन्तर्गत पर्ने बुढिनन्दा न.पा वडा न: ८ र १० मा पर्ने पाण्डुसैन र चाँफारुख बजारमा रहेका सडकमा पर्ने एवम् सड्कले छोएका घरहरु भत्काउन सुरु गरिएकाे  बुढीनन्दा नगरवपालिको छ ।

सडक बिस्तारमा  तीव्रता दिन प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाह,वडा न:८ का अध्यक्ष केशर बहादुर शाही , वडा न:१० का अध्यक्ष नन्द बहादुर रोकाया, ईलाका प्रहरी कार्यालय कोल्टी प्रमुख प्रहरी निरीक्षक लोकराज अवस्थी, निर्माण व्यवसायी विस्नु रावत लगायत का व्यक्तिहरुको रोहवरमा मार्तडी काेल्टी सडक पिच गर्न यसरी नै अन्य बजार क्षेत्रमा फराकिलो बाटाेकाे लागि काम अगाडी बढाएकाे केशर बाेहराले  जानकारी दिए।

 

 


८ पुस २०८१, सोमवार ०८:५५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु