punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा खैरो हिरोइनसहित दुई जना पक्राउ

Chaupati
safha napa

धनगढी। कैलालीमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । सोमबार बेलुका घोडाघोडी नगरपालिका(२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३८ वर्षका पहलमान शाही रटीकापुर नगरपालिका१ जमरा टोल बस्ने २७ वर्षका मनिष गिरी पक्राउ परेका हुन् ।

शाहीलाई ४० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै, गिरीलाई भजनी नगरपालिका(३ कुसुमघाटमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ७१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित सशस्त्र प्रहरी बीओपी कुसुमघाटबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाएको जनाएको छ । दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


२ पुस २०८१, मंगलवार ११:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु