सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो।

जसअनुसार आज सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर छ।

हिजो झैँ आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।


२ पुस २०८१, मंगलवार ११:२९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु