punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्त नगरपालिका–६ को उपनिर्वाचनमा मतदाताको उपस्थित न्युन

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा मतदान भइरहेको छ। बिहान ९ बजेसम्म ५ सय २२ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए।

५ हजार ४३४ मतदाता रहेको उक्त वडामा राजनीतिक दलका १० र स्वतन्त्र २ गरि १२ जनाले उम्मेदवारी दिएका छन्। वडाध्यक्षका लागि एक मतदान स्थल र ६ वटा केन्द्रमा मतदान भइरहेको छ। बिहानको समयमा चिसो भएका कारण मतदान स्थलमा मतदाको संख्या कम देखिएको छ। चिसो कम भएपछि मतदाताको उपस्थिति बढ्ने अनुमान गरिएको छ। एक वर्षअघि मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।


१६ मंसिर २०८१, आइतवार १३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु