परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
काठमाडौँ।परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी आज त्यसतर्फ लागेकी हुन्
उनी सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ जाने छिन् । उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।
१३ मंसिर २०८१, बिहीवार १३:०६ बजे प्रकाशित













