#belauri nagarpalika
#belauri

रवि लामिछानेको बयान पोखरामा चल्दै गर्दा छविको बयान रुपन्देहीमा

#belauri
#bhimdat

काठमाडौं । रुपन्देहीमा छविलाल जोशीसँगको बयान चल्दै गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकिएको छ ।

बयानका लागि लामिछानेलाई मंगलबार प्रहरीले सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराएको थियो ।

अस्ति सोमबार पनि सरकारी वकिलको कार्यालयमै बयान लिएको थियो ।

कार्तिक २ गते पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई छ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

यस्तै सहकारी ठगी प्रकरणमै पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् पूर्वडीआईजी जोशीसँग प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशी रुपन्देहीको सुप्रिम सहकारीको ठगी प्रकरणमा पनि जोडिएकाले हिजो प्रहरीले रुपन्देही लगेको हो ।

रुपन्देहीमा जोशीसँगको बयान चल्दै गर्दै सहकारी पीडितहरूले रूपन्देही जिल्ला अदालतअगाडि विरोध प्रदर्शन गरेका छन् ।

 


७ कात्तिक २०८१, बुधवार ०६:३९ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु