रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली पुग्यो रास्वपा केन्द्रिय कार्यालय

काठमाण्डाैँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली रास्वपाको केन्द्रीय पार्टी कार्यालय पुगेको छ ।
सूर्यदर्शन सहकारीकाे संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
२ कात्तिक २०८१, शुक्रवार १८:०६ बजे प्रकाशित