रवि लामिछाने पक्राउ

काठमाडौँ । रास्वपाका सभापति एवं निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारी ठगी सम्बन्धमा छानबिनका लागि लामिछानेलाई प्रहरीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो । कास्की जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि लामिछाने पक्राउ परेका हुन् ।

पक्राउ पुर्जी जारी भएलगत्तै सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै लामिछानेले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश पोखेका छन् ।

पक्राउ परेका लामिछानेलाई स्थलमार्गमार्फत पोखरा लैजाने तयारी छ । लामिछानेलाई पक्राउ गरिएकोमा रास्वपाले आन्दोलनको तयारी गरेको छ ।  


२ कात्तिक २०८१, शुक्रवार १९:१५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु