उड्न लागेको बुद्धको जहाजमा देखियो समस्या, ओरालियो यात्रु
काठमाडौं । काठमाडौंबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । आज बिहान भरतपुर उड्ने तयारीमा रहेको जहाजमा प्राविधिक समस्या देखिएको हो ।
समस्या भएपछि ट्याक्सी वे’मै रोकिएको जहाजबाट यात्रुहरुलाई ओरालिएको छ । त्यसले गर्दा अन्य उडानहरु पनि प्रभावित भएका छन् ।
बिहान ७ः२० बजे भरतपुर जान लागेको जहाज ट्याक्सी वे मा पुगेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाका अनुसार जहाजमा ‘ह्विल लक’को समस्या देखिएको हो ।
३१ भदौ २०८१, सोमवार १०:३५ बजे प्रकाशित












