गोदावरी नगरपालिकामा आज सार्वजनिक बिदा
धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आज (आईतबार) सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।
नगर कार्यपालिकाको यहि साउन २७ गते बसेको ११५औं कार्यपालिका बैठकले एक दिन स्थानीय विदा दिने निर्णय गरेको थियो ।
सूचनामा गोदावरी नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा विद्यालयहरुमा बिदा दिइएको छ ।
९ भदौ २०८१, आइतवार ०७:४८ बजे प्रकाशित































