punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस सभापति देउवाको धनगढीस्थित घरअगाडि शंकास्पद वस्तु

Chaupati
safha napa

धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरअगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवाको घरअगाडि शनिबार मध्यराति झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

जानकारी पाउनेबित्तिकै राति नै तेघरी ब्यारेकबाट सेनाको टोली घटनास्थलमा खटिएको र आइतबार बिहानै सेनाको बम डिस्पोजल टोली उक्त वस्तु निष्कृय पार्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।

सभापति देउवाको घरमा उनका भतिजा एवं सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश देउबा बस्दै आएका छन् ।


९ भदौ २०८१, आइतवार ०७:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु