punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाइपलाइनमार्फत ग्यास आयात गर्ने तयारी, भारतसंग छलफल

Chaupati
safha napa

काठमाडौँ । भारतको मोतीहारीदेखि नेपालको सर्लाहीसम्म १३० किलोमिटर लामो पाइपलाइनमार्फत खाना पकाउने एलपी ग्यास आपूर्ति गर्ने तयारी गरिएको छ । सो स्थानमा पाइपलाइन निर्माण गरी ग्यास ढुवानी गर्ने विषयमा दुवै देशका उच्च पदस्त अधिकारीबिच छलफल हो ।

भारतमा हालै सम्पन्न बिम्स्टेक सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँगको भेटमा ग्यासको पाइपलाइन निर्माण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । पाइपलाइन निर्माण गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको मन्त्रालयले जनाएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भारतीय प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह सिंह र इन्डियन आयल कर्पोरेसन (आइओसी) का उच्च नेतृत्वसँग ग्यासको पाइपलाइन र ग्यास भण्डार निर्माण गर्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । पाइपलाइन निर्माणको लगानी मोडालिटीको विषय टुङ्गो लगाउन बाँकी रहेको उहाँको भनाइ छ ।

भौतिक पूर्वाधारको संरचना, पाइपलाइन योजना अघि बढाउन लगानीको मोडालिटी, ग्यास मात्रै ल्याउने हो वा निगमकै ब्रान्डमा खाना पकाउने सिलिन्डर पनि उत्पादन गर्ने विषयमा छलफल र अध्ययनको माध्यमबाट टुङ्गो लगाएर योजना अघि बढ्ने निगम प्रमुख भट्टले जानकारी दिनुभयो । गोरखापत्रमा खबर छ ।

 


३१ साउन २०८१, बिहीवार ०७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु